सोरोप्टीमिष्ट काठमाडौं नेपालको छैटौं स्थापना दिवस सम्पन्न (फोटो फिचर)



साउन २०७५, काठमाडौं

महिला तथा बालिकाको क्षेत्रमा काम गर्दै आएको सोरोप्टीमिष्ट काठमाडौं नेपालले साउन ६ गते आफ्नो छैटौं वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ ।

बालिका शिक्षा, महिलाहरुको क्षमता विकास, आर्थिक सशक्तिकरण तथा उनीहरुको विविध अधिकार र सुरक्षाको विषयमा निरन्तर वकलात गर्दै आएको उक्त संस्थाले छैटौं वार्षिकोत्सवको अवसरमा विगत १ वर्षदेखि संचालित अङ्ग्रेजी भाषा शिक्षा र महिला सिलाई कटाई तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।

संस्थाको कार्यालय सरस्वतीनगरमा भएको कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष उमा घिमिरेले गरेकी थिईन । चार्टर अध्यक्ष उमा भण्डारी प्रमुख अथिती रहेको कार्यक्रममा विशिष्ट अथिती निबर्तमान अध्यक्ष राधा नेपाल तथा अथितीहरु संस्थाकै उपाअध्यक्ष सरिता पौड्याल, सदस्यहरु कबिता थपलिया, उषा थपलिया, रचना उपाध्याय, गीता तिमिल्सीना, संगीता प्रधान, अम्बीका महत, पार्बती थामी, ज्योती खकुरेल लगायत रहेका थिए ।

संस्थाको कोषाध्यक्ष प्रभा खनाल पन्तले स्वागत मन्तब्य राखेकी थिईन् भने संस्था तथा कार्यक्रमका बारेमा महासचिब उमादेबी बडालले प्रष्ट पारेकी थिईन् । कार्यक्रम संचालन गोमादेबी बास्तोलाले गरेकी थिईन् ।

वि.स. २०६९ साउन ६ गते चार्टर भएको उक्त संस्थाले महिला र बालिकाको क्षेत्रमा उल्लेख्य काम गरिसकेको छ ।

      

प्रतिक्रिया दिनुहोस्