हेटौँडा भैँसे सडक सञ्चालन



९ साउन २०७५, हेटौँडा

त्रिभुवन राजपथको हेटौँडा–भैंँसे सडकखण्डको बाघझोराकोे पहिरो हटाइ यातायात सेवा आज बिहान ९ बजेबाट सञ्चालनमा ल्याइएको छ ।

यसैगरी भैँसे सडक खण्डको बाघझोराबाट हेटौँडा कुलेखानी सडकको यातायात पनि सञ्चालन गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति आएको वर्षाको बाढीले बाघझोरा सडकमा खसेको ठूला ढुंगासहितको पहिरोले हेटौँंडा काठमाडौँंतर्फको यातायात सेवा झण्डै पाँचघण्टा अवरुद्ध हुन पुगेको थियो ।

हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारी साधन र दामान पालुङबाट आएका सवारी साधन बाघझोरामै रोकिएको यातायात व्यवसायी सरोज खनालले जानकारी दिए ।

यसैगरी पालुङबाट जिल्लाको पश्चिमतर्फ जाने आग्रा र गोगनेतर्फ जाने यातायात सेवा पनि आज बिहानैबाट सञ्चालनमा ल्याइएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गोगने र आग्रामा ठाउँ/ठाउँमा पहिरो गई गएरातिबाटै सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्