पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध



०९ साउन २०७५, बुटवाल

सिद्धार्थ राजमार्ग स्थित बुटवाल-तानसेन सडक खण्ड बर्षाको कारण पहिरो झरेपछि अवरुद्ध भएको छ।

मंगलबार राति करिब ११ बजेतिर पाल्पाको दोभान ३ स्थित माथ्ल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक कार्यालयले जनाएको छ।

आज बुधबार बिहानैदेखि पानि पर्न रोकिएको हुनाले पहिरो हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ। सडकमा लेदोमातो र ढुंगा सहितको पहिरो झरेपछि बाटो अवरुद्ध भएको थियो।

पहिरोको कारण सिद्धार्थ राजमार्ग स्थित बुटवाल-तानसेन सडक खण्ड हुँदै चल्ने सवारीसाधनहरु बिच बाटोमै अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुहोस्