सडक डिभिजनको लापरबाहीले रामेछापको सदरमुकाम मन्थलीकै सडक अस्तव्यस्त



०९ साउन २०७५, रामेछाप

सडक डिभिजन कार्यालयले सडक विस्तारको नाममा बाटो भत्काएर त्यतिकै छाडेपछि रामेछापको सदरमुकाम मन्थलीको सडक अस्तव्यस्त भएको छ। सडक डिभिजन कार्यालय सिन्धुलीको लापरबाहीको कारण यतिबेला रामेछापको सदरमुकाम मन्थलीको सडक यतिबेला धान रोप्न ठिक्क पारेको खेत जस्तै भएको छ ।

असारको पहिलो हप्ता सडक डिभिजन कार्यालयले मन्थलीको रणजोर खोला पुलदेखि विपि चोकसम्मको सडक विस्तार गर्ने भन्दै भत्काएको थियो । सडक डिभिजन कार्यालयले उक्त सडक असारको हिलाम्बे समयमा भत्काएपछि सडकको काम त्यतिकै अलपत्र छाडेको छ । यतिबेला उक्त सडक भत्काउँदा पुरानो नाली तथा पिच गरिएको सडक पुरिएर गदगद हिलो बनेको छ । नालि पुएिको कारण नालिको पानी बिच सडकबाट नै बगेको छ । जसले गर्दा बाटो हिलाम्य भएको हो ।

“सडक डिभिजन कार्यालयको लापरबाहीको कारण यतिबेला सडकमा यातायातासाधनहरुलाई गुड्न तथा पैदलयात्रीहरुलाई यात्रा गर्न निक्कै कठिन भएको छ । आसपासका स्थानीयलाई पानी पर्दा हिलो र घामलाग्दा धुलोेले बस्न र बाहिर फेर निस्कन समेत कठिनाई भएको छ ।”

सडक भत्काएको डेढ महिना वित्दा पनि निर्माणको काम सरु नगर्दा स्थानीयको जनजीवन अस्तव्यस्त भएको स्थानीय शिवध्वज कार्की बताउछन् ।

कार्की भन्छन् , ‘बाटो भत्काएर अलपत्र पारेको छ । नालिको पानी सडकमा बग्छ । सडकबाट वार पारगर्न पनि नसकिने अवस्था छ । सडक डिभिजनलाई भनियो, मेयरलाई पनि भनियो तर सडकको काम अघि बढेन’।

सडक विस्तार र नालि निर्माणको नाममा सडक भत्काउँदा सडक मात्र भत्किएको छैन स्थानीय किसानहरुको खेतमा पानी लगाउने कुलो समेत भत्किएको छ । सडक खन्दा भत्किएको कुलो समयमानै मर्मत नहुँदा किसानहरुले खेत रोप्न समेत पाएका छैनन् । असारको १५ मै रोप्नु पर्ने खेत साउनको पहिलो हप्ता वित्दा पनि रोप्न नसकेको स्थानीय कृषक लोकबहादुर श्रेष्ठले बताए ।

‘लगातार ७ दिन लगाएर बल्ल कुलो बनाइयो । धान रोप्न ढिला भयो । त्यसको लागि पनि प्रमुख जिल्ला अधिकारी नै गुहार्नु पर्यो’, श्रेष्ठले भने ।

“सडक भत्काइएपछि रणजोर खोला पुलदेखि मदनभण्डारी चोकसम्म सडक भत्काइँदा सो क्षेत्र मात्र हैन मन्थली बजार क्षेत्रलाई नै सो बाटोले धुलाम्य पारेको छ । हिलोबाट जाने ट्याक्टर तथा अन्य यातायातका साधनले बजार क्षेत्रमा लैजाने हिलोले मन्थली बजार नै कुरुप बनाएको छ । यसैगरी वर्षाको भलले ल्याएको माटोको व्यवस्थापन हुननसक्दा मन्थली बजार अस्तव्यस्त बनेको छ ।”

सडक भत्काएर हिँडेका सडकका कर्मचारीहरु पुन : मन्थलीमा फर्किएका छैनन् । रामेछापमा सडकको कार्यालय नहुँदा स्थानीयले गुनासो गर्ने ठाउँ समेत पाएका छैनन् । सडक निर्माणको काम नरपालिकाले गर्न नसक्ने भएकोले उसले मर्मतको आँट गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्