सांसद जीवनराम श्रेष्ठको पहलमा विद्युत समस्या समाधान हुँदै



०८ साउन २०७५, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको नेतृत्वमा स्थानीय जनप्रतिनिधीको टोलीले आज नेपाल विद्युत प्राधिकरण कुलेश्वर शाखामा विद्युत समस्या सुधारको लागि पहल गरेका छन् ।

कामपा वडा नं. १३ र १५ मा पर्ने ४ नम्बर समूह (जन सेवा मार्ग, डल्लु, धिमेल्वह, च्वयबु धिमेल्वह, ससुख्वात, चमती, बिजेस्वसी) मा लामो समयदेखि बेलाबेला विद्युत जाने आउने गरेको स्थानीयको गुनासो रहेको छ ।

स्थानीय जनतामा विद्युतको कारणले प्रत्यक्ष असर परेको बुझेपछि सांसद श्रेष्ठ सहित कामपा १३ का वडाध्यक्ष ध्रुव नारायण मानन्धर, वडा सदस्य राम बाबु कोईराला लगायत स्थानीय क्लब तथा टोल सुधार समितिका प्रतिनिधिले कुलेश्वर शाखा प्रमुख टेक नाथ तिवारीलाई भेटी समस्याको जानकारी गराए ।

छलफलको क्रममा शाखा प्रमुख तिवारीले भदौ महिना भित्र पोल तथा तारहरु मर्मत गर्ने बचन दिएको जानकारी निरज श्रेष्ठले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्