
०८ साउन २०७५, कालिकोट
प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज कालिकोटस्थित श्री रणशुर गुल्म, श्री ज्वालादल गण र रुपन्देहीको सालझण्डीस्थित श्री नेपाली सैनिक व्याटल स्कुलको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले उक्त गण, गुल्म र शिक्षालयको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरी सकलदर्जालाई सम्बोधन गरेका थिए ।
निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री आजै काठमाण्डौं फिर्ता भएका छन् । निरीक्षण भ्रमणको सिलसिलामा उनले बाँके जिल्लाको नेपालगञ्ज स्थित राँझामा बहालवाला तथा भु.पू.सैनिक र तिनका आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० बेड क्षमता युक्त सैनिक अस्पतालको उद्घाटन गर्नुको साथै बांके जिल्लामा तैनाथ श्री श्रीमेहर गण, श्री नंं.४ बाहिनी अड्डा र डोटी जिल्लास्थित श्री सुदूर पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गरेका थिए ।





