बहुप्रतिक्षित चलचित्र नाई नभन्नु ल ५ को पहिलो गीत सार्वजनिक



०८ साउन २०७५, काठमाडौँ

बहुप्रतिक्षित चलचित्र नाई नभन्नु ल ५ को पहिलो गीत सार्वजनिक भएको छ ।

दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको गीतमा मेलिना राईको स्वर रहेको छ । विकास आचार्यद्वारा निर्देशित चलचित्र आउँदो भदौ ५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा स्वस्तिमा खड्का, अनुभव रेग्मी, दिलीप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, निरुता सिंह, अभिषेक नेपाल, सेड्रिना शर्मा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । यसै चलचित्र मार्पmत् अभिषेक नेपाल र सेड्रिना शर्माले नेपाली चलचित्रमा डेब्यु गर्दैछन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको छ भने चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्