तेस्रो निःशुल्क चाईनिज भाषा कक्षामा विद्यार्थीको घुँईचो



२९ असार २०७५, काठमाडौं

चाईना साँस्कृतिक केन्द्रले काठमाडौं महाराजगंज स्थित आफ्नै कार्यालय भवन भित्र निःशुल्क रुपमा चिनियाँ भाषाका कक्षाहरु संचालन गरिरहेको छ ।

आजबाट शुरु भएको तेस्रो आधारभूत चिनियाँ भाषा सिक्नेहरुको घुँईचो लागेको छ । परिवर्तन खबरमा निःशुल्क भाषा सम्बन्धी समाचार प्रकाशन भएपछि विद्यार्थीको भीड बढेको चिनियाँ साँस्कृतिक केन्द्रकी विद्या पाक्वानले बताईन् ।

विगतमा भन्दा अति धेरै विद्यार्थी आएपछि ६० जना भन्दा बढी विद्यार्थीलाई अर्काे कक्षाको लागि वेटिङमा राखिएको छ । यद्यपी भाषा सिक्न चाहने सवैलाई निरन्तर आधारभूत र एडभान्स चिनियाँ भाषा सिकाउने केन्द्रले बताएको छ ।

केन्द्रमा हप्तामा २ दिन सोमबार र मंगलवार दिनको ३ देखि ४ बजे सम्म कक्षाहरु संचालन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्