लाखौँ  विरामीको उपचार छाडेर गरिएको हडताल हामीलाई सह्य छैन : अध्यक्ष केदार देवकोटा (भिडियो सहित)



०७ साउन २०७५, काठमाडौं

नेपाल कर्मचारी संगठनको केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटाले कानुन बनाउने संसदलाई चुनौती दिंदै एउटा व्यक्तिले गरेको आन्दोलनको कारण लाखौँ लाख जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने आन्दोलन अब सह्य नहुने बताए ।

संगठनको चौंथो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले जोड दिंदै भने, ‘डा. गोविन्द केसीले बुझुन कानून बनाउने संसदले हो । कहाँ हस्पिटल खोल्ने कहाँ नखोल्ने भन्ने सरकारले निर्णय गर्ने हो ।’

बल्ल बल्ल बनेको स्थायी सरकारले काम गर्न नपाउँदै, असफल गर्न खोजिन्छ भने पंचायत र राजा फाल्ने तागत भएको निजामति संगठन चुप लागेर नबस्ने समेत उनले चेतावनी दिए ।

प्रा.डा. गोविन्द केसीको आन्दोलनका  मागहरु जायज होलान् तर विरामीको उपचार गर्न छाडेर, हस्पिटलहरु बन्द गरेर काँग्रेस र नागरिक समाजको नाममा भईरहेको आन्दोलन हामीलाई मान्य छैन ।

सवैलाई ज्ञात होस नेपाल सरकारले गराएको आधिकारिक ट्रेड युनियनको चुनावमा हाम्रो कर्मचारी संगठन एक्लैले ७० प्रतिशत भन्दा बढी निजामति क्षेत्रमा विजय हासिल गरेको र पार्टी एकतापछि ९० प्रतिशत भन्दा ठूलो हाम्रो शक्तिलाई कम नआक्न समेत चेतावनी दिए ।

नेपाल कर्मचारी संगठनद्वारा जारी विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्