
०७ साउन २०७५, काठमाडौं
सिन्धुलीय श्रेष्ठ समाज काठमाडौंको १५ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको स्थापना दिवस तथा बृहत रक्तदान कार्यक्रम मानसरोवर पार्टी प्यालेस पुरानो बानेश्वरमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष कुमार लाल श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा नेवाः देय दबुका केन्द्रिय अध्यक्ष नरेश ताम्राकार को प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा समाजका सल्लाहकारहरु डा. रेवती मान श्रेष्ठ, राम कृष्ण श्रेष्ठ, हिमाल श्रेष्ठ, पुस्प राज श्रेष्ठ, प्रकाश श्रेष्ठ, डोर कुमार श्रेष्ठ (काजि), तथा समाजसेबि एक लाल श्रेष्ठ, अर्जुन प्रधानको आतिथ्यमा करिब १०० को उपस्थिती थियो । कार्यक्रममा समाजका सचिव हरिकृष्ण श्रेष्ठले संचालन तथा उपाध्यक्ष श्री राजन श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमका सहयोगीहरु, मानसरोवर पार्टी प्यालेसका कृष्ण श्रेष्ठ, आर्थिक सहयोग गर्ने काठमाडौं इ.एन.टि. अस्पताल का राजन श्रेष्ठ, युबराज श्रेष्ठ (प्रकाश), हिमाल श्रेष्ठ, सुर्य श्रेष्ठ, भरत श्रेष्ठ, सिताराम श्रेष्ठ , ग्यान बहादुर श्रेष्ठ, तुला श्रेष्ठ, मनोज मानन्धर, जुस प्रदान गर्ने होटल काठमाडौं प्रिन्सका साजन शाक्यलाई संस्थाका अध्यक्षले धन्यवाद तथा आभर प्रकट गरेका थिए ।

नोबेल रक्त सञ्चार सिनामंगलले रगत संकलन गरेको रक्तदान कार्यक्रममा ३१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।






