नेपालीले ‘एलियन’ बनाउँदै



साउन २०७५, काठमाडौँ

एलियनको कथामा निर्माण भएको बलिउड अभिनेता ऋतिक रोशन अभिनीत फिल्म ’कोई मिल गया’ ले बक्सअफिसमा सानदार कलेक्सन गरेको थियो । हलिउडको कुरा गर्ने हो भने एलियनको कथामा ‘एलियन कोवनेन्ट’, ‘गार्डियन्स अफ ग्यालेक्सी’ जस्ता फिल्म निर्माण भइसकेका छन् ।

त्यस्तैगरी अब नेपालमा पनि एलियनको कथामा फिल्म निर्माण हुने भएको छ । फिल्मको नाम ‘एलियन्स’ राखिएको छ ।

लोकनाथ गौतमले निर्देशन गर्ने फिल्मको यतिबेला स्क्रिप्ट र लोकेशन हेर्ने काम भइरहेको छ । एलियनको बारे २ वर्षको रिसर्च पश्चात् फिल्म निर्माण गर्न लागिएको हो ।

उच्च प्राबिधिक र उच्च मेकिङका लागि भारतबाट प्राविधिक ल्याउने तयारी भइरहेको छ । नेपाली फिल्म पनि स्तरिय बन्नु पर्ने र नेपाली फिल्मलाई अन्तराष्ट्रिय मार्केटमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्यका साथ उक्त महत्वकांक्षी फिल्म निर्माण गर्ने आँट गरेको निर्देशकले बताए ।

एलियनको कथा भएका कारण अधिकांश दृश्य एनिमेशन र भिएफएक्स गर्नुपर्ने भएकाले फिल्मको लागत खर्च अत्याधिक हुने निर्देशक गौतमले जानकारी दिए ।

कलाकार र बाँकी टिमसहित चाँडै फिल्मको औपचारिक निर्माण घोषणा गर्ने बताइएको छ । निर्देशक गौतमले यसअघि ’रोमान्स’ र ’लभ इज लाइफ’ फिल्म निर्देशन र निर्माण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्