नायिका बर्षा भन्छिन्, ‘चलचित्र क्षेत्रमा काम गरेको पैसा उठाउन गाह्रो छ’



०७ साउन २०७५, काठमाडौँ

नेपाली चलचित्र जगतमा नायिका बर्षा राउत एकदमै चर्चित र व्यस्त नायिकाको सूचिमा पर्ने गर्छिन् । तर उनले  निर्देशक सिमोस सुनवारको स्टाटस सापटी लिदै आफ्नै पैसा उठाउन गाह्रो पर्ने रहेछ भनेर गुनासो गरिन् । आफूले माया गर्ने साथीभाइसँग, साथीभाइको अफिससँग, दुख पर्दा सापटी दिएको पैसा र चलचित्र क्षेत्रमा नाम चलेका निर्मातासँग पैसा उठाउन गाह्रो हुने उनले सापटी लिएको स्टाटसमा उल्लेख छ ।

बर्षाले आफूले चलचित्रमा काम गरेको पैसा नपाएकोमा गुनासो गरिन् । तर बर्षाले यो स्टाटस राख्ने वित्तिकै एक निर्माताले उनको बाँकी पैसा फिर्ता गरेछन् । बर्षाले निर्माताको नाम र रकम भने खुलाउन चाहिनन् ।

बर्षा भन्छिन् ‘चलचित्र क्षेत्रमा काम गरेको पैसा उठाउन गाह्रो छ । तर, म पैसा नपाएसम्म काम नै अड्काएर राखिदिन्छु, पुरा नै गर्दिनँ ।’ उनले, आफूले लिन बाँकी पैसा माग्न आफूलाई कत्ती पनि लाज नलाग्ने समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्