साउने सोमबारको ब्रत बस्छन् हाँस्यकलाकार दीपकराज गिरी



०७ साउन २०७५, काठमाडौँ

नेपालका चर्चित हाँस्य कलाकार, निर्माता तथा चलचित्र लेखक दीपकराज गिरी आज एक बिहानै पहेलो बस्त्रमा पशुपतिनाथको दर्शक गर्न पुगे । दिपकराज पशुपति पुग्दा उनीसँग सेल्फी खिच्नका लागि मानिसहरुको ठूलै घुईचो लागेको थियो ।

दीपक हरेक बर्ष साउनको सोमबारमा ब्रत बस्ने गर्दछन् । केही बर्ष अघिसम्म त उनी साउन, भदौ र असोजमा मासु खादैनथे । तर, अहिले उनी पूर्ण रुपमा शाहकारी भएका छन् ।

दीपकले भने ‘अहिले त म पूर्ण शाहाकारी नै भएको छु । मदिरा भने साउन, भदौ र असोजमा छुन्नँ ।’ साउनको हरेक सोमबार उनी पशुपतिनाथको दर्शन गर्न पुग्ने गरेका छन् । उनले भगवान्सँग केही पनि नमाग्ने बताए । उनले भने ‘मैले भगवान्सँग केही पनि माग्दिनँ । भगवान्ले आफै वुझ्नुहुन्छ भन्ने लाग्छ ।’ उनी एक दशक भन्दा लामो समयदेखि शिवको भक्त समेत भएका छन् ।

उनी ठूला कलाकार भएको नाताले पनि उनलाई सोमबार पशुपतिको दर्शन गर्न लाइन बस्नु पर्दैन । उनलाई भित्र मन्दिरसम्म त्यहाँ काम गर्ने कर्मचारीहरुले पुर्याइदिने गरेका छन् । पशुपति पुग्दा मन शान्त हुने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्