रामकहानीमा पूजा र आकाशको नयाँ अवतार



०६ साउन २०७५, काठमाडौँ

भदौ २२ लाई प्रदर्शन मिति तोकिएको चलचित्र रामकहानीको ‘पोष्टर फोटोसुट’ गरिएको छ । यो चलचित्रको एउटा मात्र गीत रिलिज भएको छ । उक्त गीतबाटै निकै चर्चा कमाएको चलचित्र अहिले सबैको प्रतक्षित चलचित्र बनेको छ ।

‘पोष्टर फोटोसुट’ मा यो चलचित्रका कलाकारको नयाँ अवतार देख्न सकिन्छ । चलचित्रका मुख्य कलाकार नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई पोष्टरमा ‘राम र सिता’को अवतारमा देख्न सकिन्छ ।

चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । कमेडी र प्रेमको कथामा यो चलचित्र निर्माण गरिएको छ । चलचित्रमा जितु नेपाल, केदार घिमिरे, विल्सन विक्रम राई, राजाराम पौडेल, रविन्द्र झा आदिको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्