
०६ साउन २०७५, काठमाडौं
चर्चित ३३ किलो सुन प्रकरण सेलाउअन नपाउदै साढे २ किलो सुन सहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ जना भारतीय नागरिक पक्राउ परेका छन्।
हिजो शनिबार थाई एयरलाइन्सको विमानबाट बैकक हुँदै काठमाडौं आउदै गरेका २ जना भारतीय नागरिकको साथबाट २ किलो ६७० ग्राम बरामद गरिएको हो। उनीहरुले उक्त सुन भन्सार छली गरेर लान लाग्दा बरामद गरिएको विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।
एसपी मैनालीका अनुसार शनिबार थाई एयरलाइन्सको टीजी ३१९ फ्लाइट विमानबाट बैकक हुँदै काठमाडौं आउदै गरेका भारतीय नागरिक इमरान र अरिफ अलीको साथबाट उक्त सुन बरामद गरिएको थियो।
आफ्नो मलद्वारमा लुकाएर अलीले १६७८ ग्राम र इमरानले ९९२ ग्राम सुन ल्याउदै गर्दा बरामद गरिएको थियो। उक्त सुनको मूल्य १ करोड ३० लाख २ सय २० रुपैया बराबरको रहेको एसपी मैनालीले जनाए।





