
०६ साउन २०७५, दाङ
दाङका किसानहरुले लामो खडेरी परेपछि देवतालाई खुशी पार्न बलिसहित कुलोको मुहानमा सामुहिक पुजा गरेका छन्। दाङको तुलसीपुर र घोराहीका किसानहरुले पानी नपरेपछि भगवान रिसाए भन्दै खुशी पार्न खोलाको मुहानमा गएर सामुहिक रुद्रिपुजा गर्नुका साथै पशुबलि सहित शनिबार पुजा गरेका हुन्।
घोराही उपमहानगरपालिका ९ अस्पारी गाँउका किसानले स्थानिय हापुर खोलामा गैर उक्त पुजा गरेका थिए। त्यसैगरी वडा ३ का किसानले सात गाँउले कुलोको मुहानमा गएर भेडाको बलि दिएर सामुहिक पुजा गरेका थिए।
साउनको पहिलो साता बित्ने लाग्दासम्म पनि पानी नपरेपछि धान खेती गर्न नपाएको र देवता रिसाएर पानी नपारेको भन्दै कुलाको मुहानमा गैर बलि सहित पुजा गरेर देवता खुशी परेको स्थानिया गाउलेहरुले बताएका छन्। पानीनपर्दा तुलसीपुरको सात गाँउले कुलोबाट सिँचाई हुने हजारौ हेक्टर खेतीयोग्य जमिन हालसम्म बाँझै रहेको छ। त्यसैगरी बिहाडको बिउ समेत सुक्न थालेको छ।
देवता रिसाएको हुँदा पानी नपारी खडेरी बनाएको र सबै किसानहरु मिलेर पुजा गरे वर्षा हुने धार्मिक जनविश्वास अनुसार पुजा गर्न गएको स्थानीय किशानाहरुले बताउछन्। पुजा गरेर फ़रिएअपछि एकझार पानी परेको थियो भने साबि किसानहरु खुशीले रमाएका थिए।





