हेभी इक्वीपमेन्ट अप्रेटर संघमा पुन: कुँवर



०६ साउन २०७५,काठमाडौं

नेपाल हेभी इक्वीपमेन्ट अप्रेटर संघ, काठमाडौंको अध्यक्षमा  गोकुल कुँवर पुन: चयन भएका छन् ।राजधानीमा शनिबार सम्पन्न संघको पूर्ण वैठकले कुँवरलाई आगामी दुई वर्षका लागि चयन गरेको हो ।

संघको उपाध्यक्षमा अमर विष्ट, महासचिवमा मुना घिमिरे श्रेष्ठ, सचिवमा दिपक लामा, कोषाध्क्षमा निमा तेन्जेन लामा रहेका छन ।त्यस्तै सदस्यहरुमा सागर लामा, अमर बहादुर लामा, कमल शाही, विष्णु कुमाल, विनोद तामाङ, रविन श्रेष्ठ, चङ्खे पहरी र हुत्तराज आचार्य छन् ।

यस्तै सल्लाहकारहरुमा रामकाजी ढुङगाना र बद्री कुँवरलाई चयन गरेको छ ।पछिल्लो समय ठूला मेसिनको आयत र बिक्रि बढ्दै गए पनि त्यही अनुपातमा लाइसेन्स प्राप्त ठूला मेशिन चालक(अप्रेटर)को संख्या न्यून रहेको छ ।

दुई वर्ष साना सवारी चलाएको हुनुपर्ने प्राबधानका कारण करिव २० हजार अप्रेटर लाइसेन्स बिहीन भएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्