मुन्ना भाईको तेस्रो सिरिजमा सन्जय दत्त र रणबीर कपुर सँगै देखिने



साउन २०७५, काठमाडौँ

हालै प्रदर्शनमा आएको चलचित्र सञ्जुबाट चर्चामा आएका बलिउड सुपरस्टार रणबीर कपुर पुनः एकपटक सन्जय दत्तसगँ चलचित्रमा सँगै देखिने भएका छन् ।

सन्जय दत्त अभिनीत चलचित्र मुन्ना भाईको तेस्रो सिरिजमा रणवीर अरशद वारसीको ठाउँमा देखिने भएका छन् । यसअघिका सिरिजमा अरशद वारसीले सर्किटको भूमिका निभाएका थिए भने यसपटक त्यो भूमिका रणबीरले निभाउने सम्भावना अव्वल रहेको छ  ।

निर्देशक राजकुमार हिरानीको तर्फबाट अहिले नै रणबीरलाई कास्ट गर्ने विषयमा कुनै अफिसियल कन्फर्मेशन मिलेको छैन तर उनी रणबीरलाई सर्किटको रोलमा कास्ट गर्नका लागि गम्भिरतापूर्वक सोचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्