
कलंकी–नागढुंगा सडक निर्माणमा देखिएको उदासीनताप्रति स्थानीयले सडक आफैं बनाउने भन्दै सांकेतिक विरोध गरेका छन् ।
कलंकी–नागढुंगा सडक निर्माण दबाब समूह चन्द्रागिरीका स्थानीयले आइतबार बिहान सडकका खाल्डा पुरेर विरोध गरेका हुन् ।
दबाब समूहका अध्यक्ष ईश्वर लामाले सडक निर्माणका लागि सरकारलाई आग्रह गर्दा गर्दै बाटो बनाउने सरकारले नै आलटाल गरिरहेका कारण यस्तो विरोध गरेको बताए ।





