डा. केसीजस्ता माफियाका कारण बंगलादेशमा सर्टिफिकेटसँग शरीर साट्न बाध्य नेपाली चेली : कानुनमन्त्री तामाङ



०६ साउन २०७५, काठमाडौं

एक विद्यालयको कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा डाक्टर पढ्न जाने नेपाली चेलिले शरीर सुम्पेपछी मात्र डाक्टरको सर्टिफिकेट पाउँने गरेको एक तथ्य खुलासा गरेका छन् ।

मेडिकल माफियाका कारण नेपालमा मेडिकल शिक्षामा सर्वसाधारणको पँहुच नहुनुले यस्ता नियती भोग्न नेपाली चेलीहरु बाध्य भएको उनको भनाई रहेको छ । उनले भने ‘नेपाली विधार्थीले नेपालमा डाक्टर पढ्छु भन्दा कोटा पाउँदैन, मेडिकल कलेज खोल्छु भन्दा सेतो लुगा लगाएका डाक्टरहरु प्ले कार्ड बोकेर सडकमा आउँछन् अनि वाध्य भएर विदेश जानुपर्छ । केहि समय अघि बंगलादेश एयर दुर्घटनामा पढेर आएका २१ जना डाक्टरको ज्यान गयो । त्यति मात्र हैन एउटा डर लाग्दो कथा आज म खोल्छु बंगलादेशमा डाक्टर पढ्ने चेलीले काहिँ न काहिँ आफुलाई बेच्नु पर्छ ,आफुुलाई नसुम्पीकन उनीहरुले डाक्टरको सर्टिफिकेट पाउँदैनन् ।’

मन्त्री तामाङले हाल त्रिवि शिक्षण अस्पतालमा अनसरत डा. केसीको आन्दोलन प्रायोजित रहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्