
०६ साउन २०७५, काठमाडौं
डा. गोविन्द केसीको समर्थनलाई लिएर पूर्वप्रधानन्यायधिस शुसिला कार्कीले डा. केसीको माग पुरा नभए देशमा आगो वल्छ भनि दिएको अभिव्यक्तिलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की युवा नेतृ, अनेरास्ववियुकी केन्द्रिय अध्यक्ष तथा सांसद नविना लामाले कडा रुपमा खण्डन गर्दै जवाफ फर्काएकी छिन् ।
उनको फेसबुक स्टाट्स यस्तो रहेको छ :
तत्कालीन समाननिय प्रधान न्यायाधीश श्री शुशिला कार्की ज्यु!!एउटा महिला देश को सर्बोच्च पदमा पुग्द खुशी र गर्व लाग्ने मान्छे म !!! देशको प्रधानमन्त्री , मन्त्री कति पढेको हुनु पर्छ? किन पड़न पाएनन ? कति वष जेल बसीयो ? भनेर कानुन को कुन धारामा लेखेको छ त्यो कुरा हजुर लाई थाहा नै होला कहाँ कस्तो सम्बोधन गर्ने यो बिषयमा पनि हजुर जति जानकार हामी छैनौ देशभित्रका ब्यथिती शिक्षा स्वास्थ लागयत का मुद्दामा आमूल परिवर्तन अनिवार्य छ भनेर हामी आज भन्दा लामो बर्ष अघि देखि आन्दोलन गर्दै आएका छौ तपाई जति को मानिस ले जनतालाइ आगो बाल्न सडकमा आउनुस भन्ने कुरा कदापी उचित हुनसक्दैन एउटा रास्ट्रभित्र गुणस्तरीय शिक्षा दिन्छु भन्ने कुरा पनि नराम्रो होइन बरु तेस्को ब्यबस्थापन पक्ष उपयुक्त हुन्छ!!!
सबै मिडिकल क्षेत्रलाइ रास्ट्रयकरण गरौ भनेर किन भन्न नस्क्ने?? प्रत्येक प्रदेशमा एउटा आधुनिक सरकारी अस्पताल तुरुता कार्योंन गर ??? शिक्षमा व्वपरीक़रणको विरोध किन बिल्दैन ??? तपाई सम्मानित गरिमा बोकेको संस्था को सर्बोच्च पदमा पुगेको मान्छे एउटा ब्याक्ती अथवा तपाई लाई महाअभियोग लगाउने पार्टी को समर्थन मा सडक मा निस्किएर सस्तो लोकप्रीय त होइन ??? तपाई उक्त पदमा हुदा कति जना माफिया दलालहरु लाई कानुन को कठघरा मा उभ्याउन सक्नु भयो शिक्षा स्वास्थ खानेपानी पुर्वाधार बिकासमा भएका हाल सम्मका घटना का कति जना दोशि लाइ कार्वाही को दायरा ल्याउनु भयो ??? तेस्को पनि विवरण जान्न चाहान्छु । यो मैले कुनै सदन वा सरकार को बचाउका लागि बोलेको कुरा होइन यो सडक बाट एउटा बिद्यार्थी नेता को हैसियत ले तपाई लाई अनुरोध छ बरु परिस्थिति लाई सहजता तर्फ लैजान सहजकर्ता को भुमिका निर्वाह गर्नु को साटो सडक बाट उत्तेजना फैलाउने कार्य कदापी राम्रो हुन सक्दैन श्रीमान ???





