
०५ साउन २०७५, काठमाडौं
पूर्व प्रधानन्यायधिस सुशीला कार्कीले डा. गोविन्द केसीको माग सरकारले पुरा नगरे देशमा अब आगो बल्ने चेतावनी दिएकी छिन् । शनिबार बानेश्वरमा डा. केसीको पक्षमा आयोजित प्रदर्शन कार्यक्रमको कोणसभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘मान्छेले मलाई सरकारको मानो खाएर के बोलेको भन्लान तर नबोली नहुने भएकोले बाध्य भएर म बाहिर निस्किएको हुँ ।’





