लायन्स क्लब अफ इटहरी ग्रिनसिटीद्वारा डस्बीन बितरण



०५ साउन २०७५, इटहरी

इटहरीमा क्रियाशिल लायन्स क्लब अफ इटहरी ग्रिनसिटी र लियो क्लव इटहरीले सप्तरीको छिन्नमस्ता मन्दिरमा डस्बीनको ब्यवस्था गरेको छ । भक्तहरुको प्रमुख रोजाईमा पर्ने सप्तरीको छिन्नमस्ता गाँउपालिकामा रहेको मन्दिरमा डस्बीन राखीएको हो ।

शनिबार एक औपचरीक कार्यक्रमका बिच लायन्स क्लव अफ इटहरी ग्रीन सिटीकी अध्यक्ष निरु चौधरीले छिन्नमस्ता गाँउपालिका अध्यक्ष सुर्यनारायण मण्डललाई १५ वटा डस्बीन हस्तान्तरण गरेकी हुन् । उक्त अवसरमा मन्दिरको सरसफाई समेत गरिएको छ । इटहरी संगै पुर्वका शहरमा सरसफाईको काम गरेका अभियान्ताको बाहुल्यता रहेको संस्थाले धार्मीक स्थल सफा हुनुपर्ने धारणाको बिकास गरी त्यसको प्रयाश स्वरुप उक्त सफाई सामाग्री बितरण गरेको संस्थाका दिव्यराज गुरुङले बताए ।

प्रदेश २ को सप्तरी स्थित छिन्नमस्ता गाँउपालिकामा रहेको उक्त मन्दिर पुर्वकै पबित्र र सर्बाधिक भक्तजनको घुईचो लाग्ने मन्दिर हो । दर्शनार्थीको संख्या बढ्दै जाँदा पछिल्लो समय मन्दिर फोहोर बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्