सरकार ! नेता केसी होइन, डा. गोबिन्द केसीसँग तुरुन्त बार्ता गर : सांसद योगेश भट्टराई



०५ साउन २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईले डा. गोविन्द केसीलाई एक राजनीतिकर्मीको संज्ञा दिएका छन् । उनले आफ्नो ट्वीट मार्फत ‘राजनीतिक नेता गोविन्द केसीसँग अहिले बार्ता गरेपनि समस्याको समाधान हुँदैन तर डा. गोबिन्द केसीसँग वार्ता हुने हो भने समस्याको समाधान टाढा छैन । त्यसैले सरकार डा. गोबिन्द केसीसँग चै तुरुन्त बार्ता गर’ भनेका छन् ।


नेकपाका नेता भट्टराईले नेपाली काँग्रेसको राजनीतिक एजेण्डा सकिएपछि प्रतिरक्षाको लागि गोविन्द केसी, बालकृष्ण ढुंगेल र गगांमाया अधिकारीका नाममा ‘इमोसनल व्ल्याकमेलिङ’ गरेको आरोप लगाएका थिए ।  उनले संसदमा, गणेशमान र कृष्णप्रसाद भट्टराई जस्ता त्यागी नेताहरूले छाड्दै गएको कांग्रेसलाई बचाउन गोविन्द केसी चाहिएको उनले आरोप लगाए ।

यो पनि पढ्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्