अनशनका ब्यापारी डा. गोविन्द केसीका कारण टिचिङ अस्पताल ध्वस्त : डा. भगवान कोइराला



काँग्रेस निकट देखिएका डा. गोविन्द केसीले मेडिकल माफियाको निर्देशनमा अहिलेसम्म टिचिङ अस्पतालमा १ सय ६५ दिन अनशन बसेका छन् । अस्पताल स्रोतका अनुसार प्रतिदिन २५ लाखका दरले आम्दानी हुने गरेकोमा केसीको अन्दोलनबाट ४१ करोड २५ लाख रुपैयाँ गुमेको छ । सरकारी तलब सुविधा लिईरहेका डा. केसीको अनशन खर्च समेत अस्पतालले बेहोरीरहेको छ ।

०५ साउन २०७५, काठमाडौं

माथेमा अयोगका सदस्य समेत रहेका डा. भगवान कोइरालाले एक अन्तरवार्तामा डा. गोविन्द केसीका कारण गरिब जनताले स्वास्थ्य सुविधा पाउने त्रिवि शिक्षण अस्पताललाई ध्वस्त पारेको बताएका छन् ।

डा. भगवान कोइराला जसले गंगालाल अस्पताललाई दक्षिण एशियाकै नमूना अस्पतालको रुपमा स्थापित गराए । शिक्षण अस्पताललाई सुधार गर्ने दृढ अठोट लिएर सरकारको अनुरोधमा त्रिवि अस्पताल सुधारका संकेतहरु देखिन थालेपछि डा. गोविन्द केसीका कारण आफूले राजीनामा दिन बाध्य भएको अभिव्यक्ति दिएका छन् ।

नेपाली बिद्यार्थीहरुलाई बिदेशी मेडिकल कलेजमा पढन जान बाध्य बनाउने शैक्षिक माफियाको योजनाअनुसार विद्यार्थी पटक–पटक त्रिवि अस्पताललाई आन्दोलनको केन्द्र बनाउँदै आएका छन् ।

धेरै राम्रा मागहरु सम्बोधन गरिसकेपछि पनि अनशन पुन दोहोर्याएर आन्दोलनका नाममा विरामीको स्लाइन समेत थुतेर फाल्ने, अस्पताललाई राजनीतिक अखडा बनाउने र अराजकता सिर्जना गरी काम गर्ने वातावरण नभएपछि आफूले मन थाम्न नसकी रुदै राजीनामा दिएको कोइरालाको भनाई छ ।

एक सार्वजनिक तथ्यांक अनुसार डा. गोविन्द केसीको आन्दोलनबाट शिक्षण अस्पतालले अहिलेसम्म ४१ करोडभन्दा बढी आम्दानी गुमाउनुका साथै नेपाली बिद्यार्थीहरुलाई बिदेशी मेडिकल कलेजमा पढन जान बाध्य बनाउने शैक्षिक माफियाको योजनाअनुसार विद्यार्थी पटक–पटक त्रिवि अस्पताललाई आन्दोलनको केन्द्र बनाउँदै आएका छन् । लाखौं गरिव जनताहरु सस्तो सेवाबाट बञ्चित त भएका छन् नै उनीहरुले तिर्ने साधारण शुल्कबाट उठ्ने ४१ करोड २५ लाख रुपैयाँ आम्दानी समेत अस्पतालले गुमाउनु परेको छ ।

आन्दोलनका नाममा विरामीको स्लाइन समेत थुतेर फाल्ने, अस्पताललाई राजनीतिक अखडा बनाउने र अराजकता सिर्जना गरी काम गर्ने वातावरण नभएपछि आफूले मन थाम्न नसकी रुदै राजीनामा दिएको कोइरालाको भनाई छ ।

काँग्रेस निकट देखिएका डा. गोविन्द केसीले मेडिकल माफियाको निर्देशनमा अहिलेसम्म टिचिङ अस्पतालमा १ सय ६५ दिन अनशन बसेका छन् । अस्पताल स्रोतका अनुसार प्रतिदिन २५ लाखका दरले आम्दानी हुने गरेकोमा केसीको अन्दोलनबाट ४१ करोड २५ लाख रुपैयाँ गुमेको छ । सरकारी तलब सुविधा लिईरहेका डा. केसीको अनशन खर्च समेत अस्पतालले बेहोरीरहेको छ ।

राजनीतिक स्वार्थ र आर्थिक उपार्जनका कारण अस्पतालमा कुनै प्रकारको आन्दोलन गर्न नपाइने नियम, कानुन मान्दिन भन्दै आफू अनशन बस्ने र आफ्ना विद्यार्थीहरुलाई समेत एप्रोन लगाएर अस्पतालभित्रै जुलुस लगाउन लगाई बिरामीको स्लाइन थुत्न लगाउने निन्दनीय कार्य गर्दै आएका छन् । शिक्षण अस्पतालका चिकित्सकका अनुसार “डा. केसीको आन्दोलन त्रिवि शिक्षण अस्पताललाई निकै महंगो सावित भएको छ । उहाँ आफू अस्पतालको कुनै नियम मान्नुहुन्न, उहाँको आदेश राणाकालीन चन्द्र शमशेरको जसरी सबैले मान्नुपर्छ ।”

मेडिकल माफियाको स्वार्थमा डाक्टर केसीले नेपालका गरिब जनताले स्वास्थ्य सुविधा पाउने अस्पताललाई बर्बाद बनाए ।

केसीको नेतृत्वमा रहेको हाडजोर्नी विभागकै बेहाल रहेको ती चिकित्सकको भनाई रहेको छ । उनको विभागमा अहिले विरामीले शल्यक्रियाका लागि कम्तीमा ६ महिना कुर्नुपर्छ । सो विभागमा काम गर्ने अन्य चिकित्सकलाई समेत काम गर्न नदिने भएकाले हाडजोर्नी विभागका अधिकांश बिरामी महंगो मूल्य तिरेर निजी अस्पतालमा उपचार लिन बाध्य भएका छन् । “मेडिकल माफियाको स्वार्थमा डाक्टर केसीले आफ्नै अस्पताल बर्वाद बनाए । उनको समर्थकले एकपटक डाक्टर केसीले सेवा दिने हाडजोर्नी विभाग हेर्दा सबै जानकारी हुन्छ”, ती चिकित्सकले भने, “नेपालका गरिब जनताले स्वास्थ्य सुविधा पाउने अस्पताललाई बर्बाद बनाए ।”

यो पनि पढ्नुहोस्

डा. गोविन्द केसीप्रति खनिए कानुनमन्त्री शेरबहादुर तामाङ (भिडियो सहित)

काँग्रेसी मेडिकल कलेजका साहुजीहरुको लगानीमा रातभर मह खाँदै डा.केसी अनसनमा बसेको खुलासा

गोविन्द केसीलाई काँग्रेसले मानव ढाल बनायो : केशब बडाल

 

 

 

प्रतिक्रिया दिनुहोस्