१३औं साग केन्द्रित दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा सुरु



०५ साउन २०७५, काठमाडौं

नेपाल मै आगामी फागुन २५ देखि शुरु हुने १३औं दक्षिण एशियाली खेलकुद तयारीको लागि दक्षिण एशियाली ओलम्पिक काउन्सिल बैठक आज होटल याक एण्ड एती दरबारमार्गमा शुरु भएको छ।

काउन्सिलका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय सांसद जीवनराम श्रेष्ठको अध्यक्षता जारी बैठकले दक्षिण एशियाली खेलकुदमा समावेश गरिएका खेलहरुको स्पर्धा तय गर्नेछ । सागलाई केन्द्रित गरेर नै अहिले मुख्य पूर्वाधारहरु दशरथ रंगशाला, सातदोवाटोको पौडी पोखरी, पोखरा रंगशाला लगायतको पुनर्निर्माण भइरहेको छ । बैठकमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पूर्वाधारकै कारण १३औं साग निर्धारित समयमा हुनेमा आशंका नगर्न अनुरोध गरेका छन् । उनका अनुसार फागुनसम्ममा सबै पूर्वाधार तयार हुनेछन ।

प्रतियोगितामा आर्चरी, एथ्लेटिक्स, ब्याडमिण्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड शकी, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, खो–खो, शुटिङ, स्क्वास, स्वीमिङ, टेवलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथोलन, भलिबल, भारत्तोलन, कुस्ती र उसु समावेश छन् । आयोजक मुलुकको हैसियदमा नेपालले कराते र गल्फलाई पनि समाबेश गरेको छ ।

बैठकमा सार्क राष्ट्रका ओलम्पिक कमिटी प्रतिनिधिहरु सहभागी रहेको जानकारी निराज श्रेष्ठले परिवर्तन खबरलाई दिएका छन्।

प्रतिक्रिया दिनुहोस्