ब्राजिलका एलिसन बने सबैभन्दा महंगा गोलकिपर



०४ साउन २०७५, काठमाडौं

ब्राजिलियन गोलरक्षक एलिसन बेकार कीर्तिमानी मुल्यमा इंगलिस क्लब लिभरपुल गएका छन्।

इटालियन क्लब रोमाबाट खेल्दै आएका बेकार ६५ मिलियन पाउण्डमा लिभरपुल गएका हुन्। लिभरपुल गएसंगै बेकार सर्वाधिक महंगा गोलकिपर भएका छन्।

यसअघि सन् २००१ मा इटालियन क्लब युभेट्सले जियानलुइजि बुफोनलाई ५३ मिलियन युरो तिर्दा बुफों नै सर्वाधिक महंगा कोलाकिपर बनेका थिए। लिभरपुलले बेकारसंग ६ बर्षे सम्झौता गरेको छ।

२५ बर्षे बेकारले यसले आफ्नो जीवन र करिअरमा ठुलो फड्को मार्ने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्