चलचित्र ब्ल्याकको नयाँ गीत सार्वजनिक (भिडियो सहित)



०४ साउन २०७५, काठमाडौँ

चर्चित अभिनेत्री आँचल शर्मा र आकाश श्रेष्ठ अभिनीत चलचित्र ब्ल्याक को तिम्रो लागि बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको आवाज रहेको छ ।

उक्त गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् भने चलचित्रलाई रामशरण उप्रेतीले खिचेका छन् । आश्मा पाण्डेले निर्माण गरेको चलचित्रमा प्रदिप श्रेष्ठको निर्देशन रहेको छ । चलचित्रमा अर्जुन जि.सीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्