
०४ साउन २०७५, म्याग्दी
म्याग्दीको धौलागिरी गाउँपालिका जोड्ने फेदीस्थित दाङखोलाको अस्थायी बेलीब्रिज विवादित बनेको छ । ३५ लाख खर्च गरिएको भनिएपनि पुल भनेजति खर्च भएजस्तो देखिदैन ।
सल्लाका काठ प्रयोग गरी बनाईएको पुल अहिले सामाजिक संजालमा ३५ लाखको पुल भन्दै आलोचित भईरहेको छ ।

८ वटा फलामको बिम माथि सल्लाका काठ विछ्याइएको पुल स्थानीय जनश्रमदानबाट २ लाख ८४ हजार तथा गाउँपालिकाको ३३ लाख २८ हजार खर्च गरी निर्माण गरिएको गाउँपालिकाको दावी छ ।
१८ मिटर लामो पुल सामाजिक सञ्जाल तथा समाचारमा आएपछि गाँउपालिकाले प्रेस विज्ञप्ती नै जारी गरेको छ । जारी विज्ञप्तीमा भौगोलिक अवस्था र फलामका बिम ढुवानी तथा पिल्लर निमार्णमा ठुलो रकम खर्च भएको उल्लेख गरिएको छ । साथै पुलको हिसाब किताबमा अनियमितता नभएको समेत दाबी गरेको छ ।






