अमेरिकी राजदूतद्वारा हस्तकला उत्पादक संस्थाको भ्रमण



०४ साउन २०७५, काठमाडौं

यो हप्ता अमेरिकी राजदूत टेप्लिटजले मानुसी नामक हस्तकला उत्पादक संस्थाको भ्रमण गरेकी छिन्।

भ्रमणको क्रममा राजदुत टेप्लिटजले त्यहाँका संचालक र कर्मचारीहरुसँग भेटघाट पनि गरेकी छिन् । मानुशी एउटा सामाजिक व्यवसायमुलक संस्था हो जस्ले दीर्घकालिन बिकासका लागि गरीब, पिछडिएका, र सिमान्तकृत ह्स्तकला उत्पादकहरुको अवस्था सुधारकालागि कामहरु गर्दछ।

यस् संस्थामा आवद्ध धेरैजसो उत्पादकहरु महिला रहेका छन्। मानुसी नामक हस्तकला उत्पादक संस्थाका महिला दिदीबहिनीहरुलाई भेट्न पाउदा आफु बढो रोमाञ्चित भएको राजदूत टेप्लिटजले बताईन् ।

प्रतिक्रिया दिनुहोस्