
३ साउन २०७५, काठमाडौँ
नेपाली नायिका मनिषा कोइराला बलिउडमा पनि आफ्नो स्थान बनाउनका लागि संघर्षरत छिन् ।
हालै प्रदर्शनमा आएको बहुचर्चित फिल्म सञ्जुमा मनिषाले सञ्जय दत्तकी आमाको भूमिका निभाएकी छिन् जुन छोटा भए पनि महत्वपूर्ण छ । सञ्जुको सफलतापछि मनिषा आगामी दिनमा अझ व्यस्त हुने अनुमान गरिएको छ । ४७ वषिर्या मनिषालाई कसैले नायिकाको रुपमा अफर गर्ने सम्भावना छैन । त्यसैले उनी आजभोली अधिकाशं चलचित्रमा नायक नायिकाको आमाको भूमिकामा देखिन थालेकी छिन् ।
सञ्जुपछि मनिषाको आगामी फिल्म हो, ‘लस्ट स्टोरीज’ । सेक्सको वरिपरी घुमेको यो खासै गतिलो फिल्म भने होइन । मनिषाले यसमा एक आमाको भूमिका निभाएकी छिन् । र, आमा बनेकी मनिषाले फिल्ममा स्वीमसुट पनि लगाएकी छन् । विगतमा हिरोइन हुँदा कहिल्यै स्वीम सुट नलगाएकी मनिषा यो उमेरमा किन बाध्य भइन् ? त्यसको जवाफ उनैले दिएकी छन् ।





