हिमालयन सीमापारलाई पराजित गर्दै कर्पाेरेट कपको फाइनलमा कपन प्रहरी



०३ साउन २०७५, काठमाडौं

अन्तर संस्था स्तरीय सेभन ए साइड फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा कपन प्रहरीले हिमालयन सीमापार बाणिज्य संघलाइ ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा हिमालयन सिमापारका कुवेर थापाले गोल गर्दै टिमलाइ १ गोलको अग्रता दिलाएका थिए । कपन प्रहरीका गोल रक्षक संगम तामाङले लगत्तै गोल गर्दै खेललाइ १–१को बराबरीमा पुर्याए ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउट तर्फ मोडिएको थियो । पेनाल्टी शुटमा कपन प्रहरीले हिमालयन सीमापारलाइ ४–३ गोल अन्तरले पराजित गरेको थियो ।

जिल्ला खेलकुद विकास समिति काठमाडौंको आयोजना गरेको प्रतियोगिताको फाइनल खेल श्रावण ५ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्