तिन दिने राष्ट्रिय अन्तर-विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न



०३ साउन २०७५, काठमाडौं

नेपाल बुद्धिचाल संघको आयोजनामा तिन दिने राष्ट्रिय अन्तविद्यालय फिडे रेटीङ्ग टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ। हिजो राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

राष्ट्रिय खेलकुद परिषदको सदस्य उपेन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रतियोगितामा अन्नपुर्ण स्कुल प्रथम च्याम्पियन, गोल्डेनगेट दोस्रो च्याम्पियन, पोइनोर पब्लिक तेस्रो च्याम्पियन र दीपज्योति स्कुल सान्त्वाना भएका छन्।

विजयी हुन सफल चारवटै विद्यालयहरुलाई पुरस्कार वितरण पश्चात आफ्नो भनाई राख्दै प्रमुख अथिति पौडेलले विद्यालय स्तरमा विद्यार्थीहरुबीच बुद्धिचाल जस्तो बौध्दिक प्रतिस्पर्धा गराएर राम्रो कार्य गरेकोमा आफु हर्षित भएको बताए।

आगामी दिनमा पनि यस्तै खालको खेलहरुले निरन्तरता पाउनेमा आशावादी रहेको बताउदै पौडेलले सबैलाई एकमुष्ट शुभकामना समेत दिए।

प्रतिक्रिया दिनुहोस्