सेन्चुरी बैंकको सद्भावना दूतमा पारस र प्रतिभा अनुबन्धित



०३ साउन २०७५, काठमाडौं

सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई सद्भावना दूतका रुपमा घोषणा गरेको छ ।  बुधबार राजधानीमा एक कार्यक्रम बिच दुई खेलाडीलाई सद्भावना दूतका रुपमा लिईएकाे हाे ।

सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सहायक कार्यकारी अधिकृत जिवन भट्टराई, मार्केटिङ प्रमुख रञ्जन खड्का लगायतको उपस्थिती रहेको साे कार्यक्रममा पारस खड्कालाई ब्याट र प्रतिभा मालीलाई बल हस्तान्तरण गरि औपचारिक घोषणा गरिएकाे हाे ।

नेपालकै कान्छो बैंक सेन्चुरीले नेपालका दुई सुपरस्टारहरुलाई आबद्ध गराउन पाउँदा लोकप्रियता तथा व्यावसायिक अपभबृद्धिमा मद्धत पुग्ने बताए छ । एक दिवशीय मान्यता पाएपछि पहिलो खेल खेल्न भोली इंग्ल्याण्ड जान लागेका पारस खड्काले सेन्चुरी बैंकले खेलक्षेत्र रोजिएकोमा धन्यवाद दिदै खुशी प्रकट गरेका थियाे ।

‘खेलकुद विकासमा ब्यावसयिक प्रतिष्ठानको ठूलो महत्व रहेकाे छ । सेन्चुरी बैंकको साथ पाएको छु, अब हुने खेलमा सेन्चुरी हान्न सकुँ पारसल जवाफ दिनु भयाे भने । नेपाली भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रतिभा मालीले बैंकको प्रमोसनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिदै सेन्चुरी बैंकको यो कार्यले आउँदो पुस्तालाई समेत प्रेरित गने बताईन ।

प्रतिभाले भनिन् , सेन्चुरी बैंकले दुबै खेलाडीलाई एक वर्षको सम्झौता गरेकोमा यसरि सबै संघसंस्थाले सहयाेग गरेमा खेलाडीले पहुँच अझै बढ्ने खुशी हुदै भनिन् ।

प्रतिक्रिया दिनुहोस्