विश्वकपको फाइनल खेलमा अचानक दौडेर मैदान छिरेका समूहलाई कठोर सजाय



०२ साउन २०७५, काठमाडौं

विश्वकप २०१८ को फ्रान्स र क्रोएशिया बीचको अन्तिम खेलमा अचानक मैदानमा दौडिदै छिरेका चारजनालाई १५ दिनसम्मका लागि जेलमा राखिएको छ । खेल जारी रहँदा मैदानमा छिर्ने रुसी महिला संगठन Pussy Riot का चार सदस्यहरु हुन् ।

यसका साथै संगठनमाथि कुनै पनि स्टेडियममा खेल हेर्नका लागि तीन वर्षको प्रतिबन्धको लगाइएको छ । ट्वीटरमा जारी एक पोष्टमा उक्त संगठनले भनेको छ, ‘हामीले यो सबै खेलको क्रममा अवैध गिरफ्तारी र राजनीतिक कैदीका लागि गरेका हौं ।’

‘पुलिसम्यान इन्टर द गेम’ नाम दिई प्रदर्शन गरेको संगठनलाई फिफाको नियम तोडेको र गैर कानूनी तरिकाले पुलिस ड्रेस लगाएको आरोप लागेको छ । सन् २०११ देखि नै यो विरोधी समूह सक्रिय छ । यो संगठन विशेषगरी भ्लादिमिर पुटिनको प्रशासनको विरोध गर्ने गर्दछ ।

उक्त गतिविधिका कारण खेल केही समयका लागि रोक्नुपरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्