प्रचण्डकी नातिनीको गीत बजारमा भाइरल बन्दै (भिडियो सहित)



२ साउन २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” की नातिनी स्मिता दाहाल र सरोज ओलीको स्वरमा ” पानि कुवाको” बोल रहेको गीतको भिडियो सार्वजानिक भएको छ।

सबै सदस्य नेपाली पोसाकमा रहेको भिडियोमा कार्टुन क्रुको फिचरीङ्ग रहेको छ। कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा क्रुसँगै प्रिन्का कार्कीको पनि अभिनय देख्न सकिन्छ।

गीतलाई बसन्त सापकोटाले संगीत दिएका छन् भने उदयराज पौडेलले संगीत संयोजन गरेका छन्। गज्जब टिभीको युटुब च्यानलबाट सार्वजानिक गरिएको गीतले दुई दिनमै ७ लाख भन्दा बढी भ्युअर बटुल्न सफल बनिसकेको छ।

प्रतिक्रिया दिनुहोस्