कार्टुन्ज क्रु को नयाँ गीत सार्वजनिक



०१ साउन २०७५, काठमाडौं

पछिल्लो समयमा निकै रुचाईएको गीत माछीले खाने खोलीको लेउ टिमले फेरि अर्को ‘पानी कुवाको’ बोलको  गीत बजारमा ल्याएको छ । सरोज ओली र स्मिता दाहालको स्वर रहेको गीत अत्यन्तै रमाइलो शैलीको रहेको छ ।

गीत मात्रै नभएर यसको भिडियो पनि एकदम रमाइलो खालको छ ।  गीतको भिडियोमा कार्टुन्ज क्रुलाई फिचरिङ गराइएको छ । नेपाली मौलिक पहिरनमा ठाँटिएर नृत्य गरेको गीतमा अभिनेत्री प्रियंका कार्कीलाई समेत देख्न सकिन्छ ।

दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन् । उदयराज पौडेलको एरेन्ज रहेको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन् ।

यो गीतको भिडियो गायक सरोज ओलीले आफ्नो जन्मदिन पारेर सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्