
०१ साउन २०७५, काठमाडौँ
चर्चित नायिका रेखा थापाद्वारा निर्देशित चलचित्र मालिकाको ‘हल्का माया के माया, गाढा लगाउने’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्र निर्माण पक्षले मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरी पहिलो गीत रिलिज गरेको हो ।
उक्त गीतले देशप्रतिको प्रेमलाई दर्शाउन खोजेको छ । गीतलाई नरबहादुर कार्कीले लेखेका हुन् भने अन्जु पन्तले स्वर दिएकी हुन् ।
१४ बर्षकी बालिकाको मुख्य भूमिका रहेको चलचित्र आउँदो लक्ष्मी पूजाको दिन रिलिज हुने भएको छ । चलचित्रमा रेखा थापा र नव बालिका कमला वलीको मूख्य भूमिका रहेको छ ।





