एनसिसि जाम्वियाद्वारा परोपकारी कार्य



०१ साउन २०७५, जाम्बिया

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले त्यहाँ Mtendere west स्थित मदर टेरेसा आवास गृहमा ६ बाकस लत्ता कपडाहरु, जुस पाउरोटी र अण्डाहरु उपलब्ध गराइ सहयोग गरेको छ ।

त्यस आवास गृहमा ६५ जना पुरुष र २५ जना महिलाहरुका साथै करीब ४५ जना अपाङ्ग बालबलिकाहरु रहेका छन् ।

यो आवास गृहको स्थापना आज भन्दा करीव ३० वर्ष पहिले स्थापना भएको थियो र यसको क्षेत्र निकै बृहत छ । यस सामजिक कार्यक्रममा एनसिसि जाम्वियाका अध्यक्ष प्रा.डा. विशाल नाथ उप्रेती, उपाध्यक्ष शंकर सुनुवार, पूर्व अध्यक्ष विदुर खनाल र सदस्य संध्या खनालको सहभागीता रहेको थियो । कार्यक्रममा आवास गृहका सहभागीहरुले भब्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्