यसरी बढ्दैछ प्रत्येक विश्वकपमा कुल पुरस्कार राशी



३२ असार २०७५, काठमाडौं

विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियालाई ४-२ को अन्तरमा पराजित गर्दै उपाधिसंगै १८ क्यारेटको सुनको ट्रफी सहित फ्रान्सले ३९ मिलियन डलर अर्थात करिव नेपाली ४ अर्ब रुपैयाँ प्राप्त गरेको छ। फ्रान्सले नगद हात पारेसंगै विश्वकपमा कुल पुरस्कार राशि कति हुन्छ भन्ने चासो सबैमा हुनु स्वाभाविक हो।

हिजो मात्र सम्पन्न भएको २१ औँ सस्करण अन्तर्गत रसिया विश्वकप फुटबल २०१८ को कुल राशी ७९१ रहेको थियो। जुन राशी यसअघि २०१४ मा ब्राजिलमा भएको विश्वकपको पुरस्कार राशीको तुलनामा ४० प्रतिशत अर्थात ३० लाख डलर बढी रहेको छ।

सन् २०१४ मा भएको ब्राजिल विश्वकपमा कुल पुरस्कार राशी ५७६ मिलियन डलर थियो भने सन् २०१० मा भएको दक्षिण अफ्रिका विश्वकपमा कुल पुरस्कार राशी ४२० मिलियन डलर रहेको थियो।

पुरस्कार राशीलाई नियाल्दा प्रत्येक पटक बढिरहेको पाहिन्छ। सन् १९८२ मा स्पेनमा भएको विश्वकपमा कुल पुरस्कार २० मिलियन डलर थियो भने सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा कुल पुरस्कार २६ मिलियन डलर बनाइएको थियो। त्यसैगरी सन् १९९० मा इटालीमा भएको विश्वकपमा पुरस्कार राशीलाई बढाएर ५४ मिलियन डलर पुर्याइएको थियो।

सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा पुरस्कार राशी ७१ मिलियन डलर बनाइएको थियो। लगत्तै १९९८ मा फ्रान्समा भएको विश्वकपमा भने कुल पुरस्कार १०३ पुर्याइएको थियो।

दक्षिण कोरिया र जापानको संयुक्त आयोजनामा सन् २००२ मा सम्पन्न विश्वकपमा भने कुल पुरस्कार राशीमा धेरै बृद्दी गर्दै १५६.६ बनाइएको थियो। त्यसैगरी सन् २००६ मा सम्पन्न जर्मनी विश्वकपमा २६६ मिलियन डलर पुरस्कार बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्