
३२ असार २०७५, काठमाडौं
गएराति भएको विश्वकप २०१८ को फाइनल खेल हेर्न आधा दर्जनमन्त्रीसहित नेकपाका नेताहरु फाइभस्टार होटल याक एण्ड यतिमा पुगेका थिए ।
उर्जामन्त्री बर्षमान पुन, श्रम मन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मात्रिका यादवसहितका मन्त्रीहरु नेकपाका यूवा नेतासहित खेल हेर्न फाइभ स्टार होटल पुगेका हुन् ।

खेल हेर्न पूर्वसभामुख ओनसरी घर्ती तथा यूवा नेताहरु टोपबहादुर रायमाझी र धनश्याम भुषाल पनि पुगेका थिए
जारी विश्वकपमा उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच भएको खेलमा क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ ।





