‘धनकुटा जिल्ला अदालत न्याय दिने ठाउँ हो कि दारु पार्टी दिने ठाउँ ?’ (भिडियो सहित)



३२ असार २०७५, काठमाडौं

बढ्दो इन्टरनेटको पँहुच तथा सामाजिक संजालको कारणले आजकल मानिसहरुले चाहे राम्रा होस् या नराम्रा हरेक घटनाहरु तत्काल थाहा पाउने गर्दछन् ।

अहिले मानिसहरुमा अनेक प्रकारका सेल्फी लिने, मलामी जाँदा अथवा दुर्घटना भएका घटनालाई लाईभ गरेर सामाजिक संजालमा आउने होड नै चलेकै छ । यस्तै कुराको चर्चा बटुलेर चर्चित हुन खोज्दा धनकुटा जिल्ला अदालतमा दिउँसै रक्सी र मासु सहित डान्स पार्टी चलेको कुरा सामाजिक संजाल मार्फत बाहिर आएको छ ।

बेग आले मगरले आफ्नो फेसबुक मार्फत ‘धनकुटा जिल्ला अदालत न्याय दिने ठाउँ हो कि दारु पानीको पार्टी दिने ठाउँ हो ?’ शिर्षक दिएर एक भिडियो सार्वजनिक गरेका छन् । भिडियो सार्वजनिक भएको छोटो समयमा नै समाजिक संजालहरुमा यसबारे टिकाटिप्पणीहरु सुरु भएको छ ।

भिडियो झट्ट हेर्दा रक्सी पार्टी जस्तो देखिए पनि घटना के हो भन्ने विश्लेषण सम्बन्धित निकायबाट अझैं भएको छैन ।

सार्वजनिक भएको भिडियो :

प्रतिक्रिया दिनुहोस्