
३१ असार २०७५, काठमाडौँ
बूढानीलकण्ठ पशु सेवा शाखाको आयोजनामा एकदिने निःशुल्क पशु स्वास्थ्य तथा वाझोपन निवारण शिविर बूनपा १३ चुनिखेलमा सम्पन्न भएको छ ।

कार्यक्रममा गोबर परीक्षण, औषधी वितरण, खोप तथा गर्भ परीक्षण, प्राविधिक परामर्श, कृत्रिम गर्भाधान, बन्ध्याकरण र रेविज विरुद्ध खोप लगायतका सेवाहरु उपलब्ध रहेको थियो ।

शिविरमा १६७ गाँई, १६४ भैँसी, ५२६ भेडा र बाख्रा, ४२५० कुखुरा, हाँस र १९ वटा खरायोको स्वास्थ्य जाच गरिएको थियो । वृहत रेविज भ्याक्सिनेसनमा ९३ ओटा कुकुर र विरालोलाई निःशुल्क रेविज भ्याक्सिन तथा जुकाको औषधी उपलब्ध गराईएको जानकारी पशु सेवा शाखाका पशु चिकित्सक काजी श्रेष्ठले जानकारी दिएका छन् ।

नगर प्रमुख उद्धव खरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बूनपा १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठको सहभागीता रहेको थियो ।






