शनिबारको दिन चन्द्रागिरी घुम्नेको अत्यधिक घुइँचो



३१ असार २०७५, काठमाडौं

शनिबारको दिन हप्ताभरिको थकाई मेट्दै केबलकार चढेर चन्द्रागिरी घुम्न जानेको घुइँचो बढेको छ । शनिबार सार्बजनिक विदाको दिन भएको हुनाले पनि अरु दिनको तुलनामा शनिबार बढी घुइँचो भएको हो ।

म्यानुअल बाल उद्यान , भालेश्वार मन्दिर , भ्यु टावर, बहुउद्देश्यीय हलसहित निर्माण गरिएको चन्द्रागिरीबाट राजधानीको मोहक दृश्य , सगरमाथादेखि कान्जिरोव हिमाल र धेरै हिमशृङ्खलाहरुको अवलोकन गर्न सकिने भएकाले पनि प्रायः जसो परिवारको शनिबारे गन्तव्य चन्द्रागिरी बन्ने गरेको छ ।

शनिबारको दिन अरु दिनको तुलनामा टिकट लिने ठाउँमा र केबलकार चड्ने ठाँउमा लामो लाईन हुने भएता पनि सेवाग्राहीहरुले अरु ठाउमा जस्तो धेरै समय लाइनमा बस्नु नपर्ने स्थानीय पर्यटकहरुले बताए । भारतीय पर्यटकहरुको निम्ति पनि एक पर्यटकीय गन्तब्य बनेको चन्द्रागिरीमा अन्य मुलुकका पर्यटकहरु पनि आउने गरेका छन्।

नेपाली पर्यटकहरुलाई ७०० मा केवलकारबाट आउजाउ गर्न मिल्छ भने बुढाबुढी, अपाङ्गा, केटाकेटी र विद्यार्थीहरुलाई विशेष छुटको पनि ब्यावस्था गरिएको छ। केटाकेटीको लागि विभिन्न किसिमको खेल सामग्री सहितको म्यानुअल बाल उद्यान भएकोले पनि केटाकेटीहरुले चन्द्रागिरी घुम्न जान रहर गर्ने गरेको अभिभावकहरुको भनाई रहेको छ।

सुन्दर र हरियाली जंगलको टुप्पोमा रहेको चन्द्रागिरी युवायुवतीहरुको पनि पहिलो रोजाई बनेको पाहिन्छ। चन्द्रागिरीको टुप्पोमा चिसो हावाको स्पर्श लिदै मायाँ विसाउने प्रेमिल जोडीहरु शनिवारको दिन जोडी अथवा समूह बनाएर चन्द्रागिरी जाने गर्दछन। त्यसैगरी भालेश्वर महादेवको दर्शन गर्न बृध्दा बुढाबुढीहरु पनि चन्द्रागिरी जाने गरेको पाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्