पूर्व प्रधानमन्त्री झलनाथ खनाल तथा सांसद जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पदा दौड सम्पन्न



३१ असार २०७५, काठमाडौं

नेपालमा पर्यटन विकासका लागि डल्लु आवास स्थानीय सहयोग समितिले  बिश्व युवा दक्षता दिवसको सन्दर्भमा सम्पदा दौडको कार्यक्रम गरेको छ । बिश्व सम्पदा क्षेत्र परेकोे स्वयम्भुको भुईखेलबाट शुरू भएको उक्त कार्यक्रम भिमसेनस्थान, काष्ठमण्डप, हनुमानढोका, ईन्द्रचोक, मच्छिन्द्र बहाल, असन, डल्लु, धिमेल्वह र स्वयम्भु परिक्रमा गरेर स्वयम्भु स्तुपामा दौड कार्यक्रम समापन भएको थियो ।

विश्व युवा दक्षता दिवसको सन्दर्भमा पारेर गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री झलनाथ खनालले समाज र राष्ट्रको हरेक विकासका लागि युवाहरू जुझारूका साथ आफ्नो दक्षता प्रयोग आवश्यक रहेको बताए । यसै सन्दर्भ पारेर हरेक युवा आ–आफ्नो कार्यमा दक्ष भई अगाडी बढ्नु पर्छ भनी शुभकामना दिएका थिए । उक्त कार्यक्रममा बिभिन्न जिल्लाहरू, डोजोहरू र संस्थाहरूबाट प्रथम, द्वितिय र तृतिय भएका खेलाडीहरूलाई प्रमुख अतिथि पुर्व प्रधानमन्त्री झलनाथ खनालले मेडल र ट्रफी, नेपाल ओलम्पिक कमिटी अध्यक्ष तथा सांसद जिवनराम श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए । का.म.पा. १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोल र नेपाल ओलम्पिक कमिटी अध्यक्ष तथा सांसद जिवनराम श्रेष्ठले कार्यक्रमको महत्वबारे दर्शाएका थिए ।

नेपालका प्राचिन पौराणिक सम्पदाहरुलाई पहिचान सहित विश्व सामु चिनाउने उद्देश्यका साथ समाज वा राष्ट्रको बिकासमा टिम वर्क नभई केहि गर्न सकिदैन भन्ने अभिप्रायले सामुहिक रुपमा ५ जनाको एक समुह बनाएर  सम्पदा दौड प्रतियोगिता आयोजना गरेको डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले जानकारी गराए । कार्यक्रमको सभापतित्व डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्