
३१ असार २०७५, संखुवासभा
संखुवासभाको सभापोखरी गाउँपालिका–६ का मृगौला पिडित कविता विश्वकर्मालाई आर्थिक सहयोग प्राप्त भएको छ । दुबै मृगौला फेल भएकी विश्वकर्मालाई ‘कविता विश्वकर्मा बचाउ अभियान’ले संकलन गरेको रकम प्रदान गरिएको हो । अभियानले एक लाख ८ सय ३५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको होे ।
अभियानका अभियान्ता सुजन कार्कीले एक कार्यक्रमका विच सहयोग हस्तान्तरण गरेका हुन् । हालसम्म विभिन्न निकायबाट दुई लाख मात्र सहयोग संकलन भएको कविताले बताइन् । मृगौला प्रत्यारोपण गर्नको लागि करिव २५ लाख रुपैयाँको आवश्यकता पर्ने पिडित कविताले बताईन् । आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गर्न उनले आग्रह गरेकी छिन् । २ बर्षीय छोराकी आमा कबिता यतीबेला धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार गराई रहेकी छिन् ।





