इतिहासमै पहिलो पटक विश्वकपको समय सारियो



३१ असार २०७५, काठमाडौं

विश्वकप इतिहासमै पहिलो पटक जाडो महिनामा विश्वकप फुटबल हुने भएको छ । सन् २०२२ मा कतारमा हुन गईरहेको विश्वकप फुटबल नोभेम्बर र डिसेम्बरमा हुने पक्का भएको छ ।

फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोका अनुसार कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ । “आउँदो विश्वकप कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८, २०२२ मा खेलाइनेछ”, मस्कोमा आयोजित पत्रकार सम्मेलनमा इन्फान्टिनोले भने, “सबै लिगहरुलाई सूचना दिइसकिएको छ र उनीहरुले त्यसै अनुसार आफ्नो क्यालेन्डर परिमार्जन गर्नेछन् ।”

फुटबलका अधिकांश लिग अगस्ट देखि अप्रिलसम्म हुँदै आएको छ । २०२२ को विश्वकप जाडो महिनामा हुने पक्का भएपछि यसपालीबाट ब्यबसायिक फुटबल क्लबहरुले आफ्नो फुटबल क्यालेन्डर परिवर्तन गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्