प्रथम बूनपा कर्पोरेट कप उद्घाटन खेलमा जिल्ला खेलकुद समिति विजयी



३० असार २०७५, काठमाडौँ

जिल्ला विकास खेलकुद समितिद्वारा आयोजित प्रथम कर्पोरेट कप २०७५ कपन ह्याण्डबल चौडमा उद्घाटन भएको छ ।

उद्घाटन खेलमा काठमाडौँ जिल्ला खेलकुद समितिले होप फाउण्डेशनलाई पेनाल्टी सुट आउटमा ४–१ ले पराजित गरेको छ । निर्धारित समयमा दुवैतर्फबाट २–२ गोल भएपछि खेल पेनाल्टी तर्फ मोडिएको थियो ।

प्रतियोगितामा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका जर्सी नं १३ का खेलाडीे हरी महर्जनलाई खेलको म्यान अफ द म्याच घोषित गरी कार्यक्रमका प्रमुख अतिथि सांसद कुसुम कुमार कार्कीले नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नं ४ का सांसद कुसुम कुमार कार्की, विशेष अतिथि बूनपा नगर प्रमुख उद्धव खरेल र अतिथिहरुमा बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का राजु अधिकारी, १३ का श्रीकृष्ण श्रेष्ठ लगायत अन्य समाजसेवी तथा खेलकुदप्रेमीहरुको उपस्थिती रहेको थियो ।

आज उद्घाटन भएको खेल श्रावण ५ गते सम्म जारी रहने काठमाडौँ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बद्रि भट्टराईले परिवर्तन खबरलाई जानकारी दिएका छन् ।

    

प्रतिक्रिया दिनुहोस्