
कविता भन्छिन्, ‘मेरो पछाडी मलाई सबैले दलित भनेर कुरा काट्दा निकै दुःख लाग्थ्यो तर आज म यो स्थानसम्म आइपुग्दा मेरो बाबाआमाले म प्रति गर्व महशुस गर्नु भएकोमा निकै खुसी लाग्छ ।’
२९ असार २०७५, काठमाडौं

स्थायी घर सर्लाहीमा भई हाल काठमाडौं बसोबास गर्दै आएकी कविता नेपाली नेपालको चर्चित रियालिटि शो बुगीवुगीको टप ५ मा पर्न सफल प्रतिस्पर्धी हुन् । उनका आमाबुवा आज छोरी यो स्थानसम्म आईपुग्दा आफू ज्यादै खुशी भएको बताउँछन् । आमाबुवाको एक मात्र सन्तान भएर पनि कविता सानैदेखि असाध्यै ज्ञानी र हरेक कुरा बुझ्ने स्वभावकी रहेको कुरा उनका आमाबुवाले बताएका छन् ।


कविताको बुगी वुगीको यात्रा पनि धेरै नै कष्टकर रहेको छ । निकै गरिब परिवारमा जन्मिएकी कविताले कहिल्यै पनि आमाबुवासँग कुनैपनि कुराको लागि गुनासो गर्न चाहिनन् । कविताको आमाबुवाको अन्तर जातीय विवाह भएको थियो । उनको बुवा दलित परिवारका थिए भने आमा गुरुङ परिवारकी । दलित भन्ने अपहेलना सहेर कविताको आमा बुबाले उनलाई हुर्काएका थिए ।
‘कवितालाई आफ्नै छोरी सम्झेर धेरै भन्दा धेरै भोट गर्नुभएकोमा सबैलाई हामी धेरै धन्यवाद दिन चाहन्छौ’ भन्दै कविताका आमाबुवा निकै भावुक भएका थिए । कविताका आमाबुवाले ज्यामी काम गरेर कवितालाई हुर्काएका थिए । विशेष चाडपर्वमा पनि कवितालाई राम्रो लाउन खान दिन सक्ने स्थिति थिएन कविताको परिवारमा तरपनि एकमात्र सन्तान भएकाले कविताको आमा बुबाले आफूले नखाई–नखाई कविताको इच्छा आकांक्षालाई सकेसम्म पुरा गर्ने कोसिश गर्थे ।

आज म जुन स्थानमा छु मात्र बुगी वुगीका कारण छु । साँच्चै नै हाम्रो लागि बुगीवुगी एउटा यस्तो प्ल्याटफर्म हो, जसका कारण हामीले हाम्रो प्रतिभा सम्पूर्ण नृत्यप्रेमी दर्शकमा देखाउन पाएका छौँ ।
दलित र तल्लो जात भनेर सबैले हेप्दा निकै दुःख लाग्थ्यो, सायद यसरी नै सधैँ सबैको अपहेलना सहेर बाँच्नु पर्ने हो कि जस्तो लाग्थ्यो तर आज छोरीलाई यो स्थानमा देख्दा साच्चैँ नै निकै गर्व लाग्छ भन्दै कविताका आमाबुवाले गहँभरी आशुँ पारे । छोरीलाई हुर्काउँदा निकै पिडा खेपेका आमाबुवा आज छोरी यो स्थानसम्म आईपुग्दा सबै दुःख बिर्सिएको बताउँछन् ।

कविता भन्छिन्, ‘अब नाँचेर नै बाबा आमाको सपना पुरा गर्छु र उहाँहरुलाई धेरै खुशी दिन्छु ।’
कविता नेपाली बुगीवुगी मा आफ्नो बाबा आमाको सपना पुरा गर्नको लागि आएको बताउँछिन् । कविता पहिले उस्सु खेलाडी थिइन् । तर पछि उनको ढाडमा समस्या देखिएपछि उनले नाँच्न सुरु गरेकी हुन् । कविता भन्छिन्, ‘मेरो पछाडी मलाई सबैले दलित भनेर कुरा काट्दा निकै दुःख लाग्थ्यो तर आज म यो स्थानसम्म आइपुग्दा मेरो बाबाआमाले म प्रति गर्व महशुस गर्नु भएकोमा निकै खुसी लाग्छ ।’

कविताले पनि आफ्नो आमाबुबाले जस्तै उनलाई भोट गरेर यो स्थानसम्म ल्याउनु हुने दर्शकलाई धन्यवाद दिदैँ अब बुगीवुगीको विजेता बनाउनको लागि यसरी नै भोट गरिदिनु हुन आग्रह गरिन् । उनी भन्छिन्, ‘आज म जुन स्थानमा छु मात्र बुगी वुगीका कारण छु । साँच्चै नै हाम्रो लागि बुगीवुगी एउटा यस्तो प्ल्याटफर्म हो, जसका कारण हामीले हाम्रो प्रतिभा सम्पूर्ण नृत्यप्रेमी दर्शकमा देखाउन पाएका छौँ ।’
उनी भन्छिन्, ‘अब नाँचेर नै बाबा आमाको सपना पुरा गर्छु र उहाँहरुलाई धेरै खुशी दिन्छु ।’ बुगीवुगी जिताउनको लागि जति मिहिनेत मेरो बाबाआमाले गर्नु भइरहेको छ त्यति नै मिहिनेत आफूले पनि गरिरहेको कविता बताउँछिन् ।





