सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोका कारण १२ घर उच्च जोखिममा



२९ असार २०७५, सिन्धुपाल्चोक

अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित खनालथोकमा–१२ घर उच्च जोखिममा परेका छन् ।

प्रहरीचौकी भोटेचौरले जनाए अनुसार बस्तीको तलमाथि दुवैतिरबाट सडक खनिएका कारण माथिबाट माटो झर्ने र तलबाट माटो बग्ने गरेको हुँदा ती घर उच्च जोखिममा परेको हो ।

भूकम्पपीडितले निजी आवास निर्माण गर्ने सामान लान डोजरद्वारा सडक खनेको हुँदा तीन घर आधा पुरिएको दुई घर आधा ढल्केको तथा सात घरसहित १२ घर उच्च जोखिममा परेका छन्।

स्थानीय रामचन्द्र खनाललगायत १२ घर परिवारले सामान सारिसकेको र उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्